दफा
अनुसन्धान तथा तहकिकात गर्नेः
(1) राजस्व चुहावटको सम्बन्धमा विभागलाइ दफा ७ बमोजिम कुनै सूचना प्राप्त भएमा वा कुनै स्रोतबाट जानकारी हुन आएमा विभागले त्यस्तो सूचना वा जनकारीको सम्बन्धमा गोप्य रुपमा *प्रमाण सङ्कलन गर्न वा नष्ट हुने नदिनको लागि आवश्यक व्यवस्था गरी तत्काल प्रारम्भिक अनुसन्धान गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको प्रारम्भिक अनुसन्धानबाट वा दफा ७ बमोजिम आकस्मिक जाँच परीक्षण गर्दा कसैले राजस्व चुहावट गरेको देखिएमा वा चुहावट गरेको शङ्का गर्ने मनासिब आधार भएमा अनुसन्धानका लागि दफा १० बमोजिम अनुसन्धान अधिकृत तोक्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम तोकिएको अनुसन्धान अधिकृत अनुसन्धान तथा तहकिकात प्रारम्भ भएको मितिले छ महिनाभित्र कार्य सम्पन्न गर्नु पर्नेछ ।

(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको तापनि उक्त अवधिभित्र अनुसन्धान तथा तहकिकातको काम सम्पन्न हुन नसकेमा महानिर्देशकले आवश्यकता अनुसार एकैपटक वा पटकपटक गरी तीन महिनासम्म म्याद थप गर्न सक्नेछ